काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खानले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) २०२६ का लागि छनोट भएका छन्।
यो उपाधिका लागि खान पाँचौं पटक लगातार छनोट भएका हुन् । यसअघि उनको नाम चार पटक छनोट भएको थियो । यो सँगै खान प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पहिलो एमडिआरटी २०२६ बन्नका लागि योग्य सावित भएका छन् ।
उनि २०२५ मै विश्वप्रसिद्ध संस्था एमडिआरटीको मथिल्लो तह ‘कोर्ट आफ दि टेबल’ समेत भैसकेका छन् । एमडिआरटी विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रका उत्कृष्ट पेशेवरहरूको संगठन हो, जसले उच्चतम स्तरको व्यावसायिकता, निष्ठा र सेवाप्रति समर्पणको पहिचान दिन्छ।
एमडिआरटीका लागि छनोट भएसँगै आर्यन खानले निरन्तर गरेको मिहेनतको सफलता भएको प्रतिक्रिया दिएका छन् । उनले यो सफलतालाई संस्थाको ग्राहक र सिङ्गो नेतृत्वको उपलब्धि भएको बताएका छन् । “यो सफलता मेरो मात्र होइन, यो मेरो ग्राहकहरू (बीमितहरु), टिम र हामीले अङ्गालेको विश्वासको उपलब्धि हो। हरेक पोलिसिसँगै हामी केवल बीमा मात्र गर्दै छैनौं, भविष्य बनाउँदैछौं।”
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्यन खानको सफलताको कदर गर्दै आजको पुस्ताका लागि मात्र नभएर उनि भविष्यका बीमा व्यवसायीहरूका लागि पनि प्रेरणाको स्रोत बनेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्