काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना १७५ जना कर्मचारीहरूलाई सम्मान गरेको छ । बैंक स्थापनाको १९औँ वार्षिकोत्सवको अवसर पारेर संस्थामा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरूलाई बैंकले सम्मान गरेको हो ।
उनीहरुलाई ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख उपस्थितिमा सम्मान गरिएको बैंकले जनाएको छ।काठमाडौंमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष ढकाल लगायत सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रुपमा खादा र सम्मानपत्र प्रदान गरी कर्मचारीहरूलाई सम्मान गरेका हुन् ।
उक्त समारोहमा अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखेर बैंकका सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । उनले १९ वर्ष पहिले १९औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको बैंकले स्थापनाको १९ वर्षमा नै आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको उल्लेख गरे ।
बैंक वा कुनै पनि संस्था सफल हुनका पछाडि नेतृत्वका साथै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशिलताको महत्व हुने बताउँदै उनले सम्पूर्ण कर्मचारीहरूलाई अझ लगनशिल भएर आफ्नो कर्तव्य पालना गर्न आग्रह पनि गरे । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नविनतम् र ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए।
बैंकका नायव प्रमुुख कार्यकारी अधिकृत सुमन पोखरेलले बैंकले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

















प्रतिक्रिया दिनुहोस्