Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

प्रभु बैंक र छिमेक लघुवित्तको संस्थापक सेयर बिक्री खुला, असार १० गतेसम्म आवेदन दिन पाइने

प्रभु बैंक र छिमेक लघुवित्तको संस्थापक सेयर बिक्री खुला, असार १० गतेसम्म आवेदन दिन पाइने
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेका छन् । प्रभु बैंक लिमिटेडको ९ हजार ८८२ कित्ता र छिमेक लघुवित्त वित्तीय संस्थाले २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागी आजबाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बोलकबोल माध्यमद्वारा प्रभु बैंक लिमिटेडको न्यूनतम सेयर मूल्य प्रति कित्ता १०० र छिमेक लघुवित्तले शेयरको न्यूनतम मूल्य प्रति कित्ता ३९० रुपैयाँ तोकेको छ।

बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैंक लिमिटेडको न्यूनतम १,००० कित्ताको लागि र छिमेक लघुवित्तले संस्थाको लागि न्यूनतम ५०,००० कित्ताको लागि आवेदन दिनुपर्ने छ । आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ ।

सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ/संस्था, कम्पनी भएमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit