Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

रिद्धिसिद्धी बसमा आगलागी : आफन्त सम्पर्कमा आएनन्, मृतकको पहिचान खोज्दै प्रहरी

रिद्धिसिद्धी बसमा आगलागी : आफन्त सम्पर्कमा आएनन्, मृतकको पहिचान खोज्दै प्रहरी
विज्ञापन
Advertisement

काठमाडौं। त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन् ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार चालकको मृत्यु भइसकेकाले उनको पहिचना र बतनबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

‘मृतकका आफन्तहरु पनि सम्पर्क आउनुभएको छैन् । हिजो सम्पर्कमा आउनुभएका व्यक्तिहरुपनि आज सम्पर्कविहीन हुनुहुन्छ। हामी निरन्तर अध्ययनमा छौं, आज दिनभरमा पहिचान पत्ता लगाउने छौं,’ सुवेदीले भने । जलेका व्यक्तिको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा रहेको भएपनि दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको सार्वजनिक भएपछि ट्राफिक प्रहरीले उनलाई बोलाएर अनुसन्धान गरिरहेको छ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो। बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। चालकले बोकेको लाइसेन्सका आधारमा प्रहरीले मिडियामा सूचना दिएको जनाएको थियो । तर, चालकको व्यक्तिगत विवरण फरक परेपछि लाइसेन्स दुरुपयोगको भएको अनुमानमा थप अनुसन्धान भैरहेको सुवेदीले जानकारी दिए ।

दिउँसो आगलागीबाट घाइते भएका चालकको सोमबार साँझ नै कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit