Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चुरोटमा १० प्रतिशत बढ्यो कर, मदिरामा पनि वृद्धि

चुरोटमा १० प्रतिशत बढ्यो कर, मदिरामा पनि वृद्धि
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले स्वास्थ्य जोखिम न्यूनीकरण र राजस्व वृद्धिको दोहोरो उद्देश्यसहित आगामी आर्थिक वर्षका लागि चुरोट तथा मदिराजन्य पदार्थमा कर वृद्धि गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हानिकारक वस्तुहरूको उपभोग निरुत्साहित गर्न करका दरहरूमा परिमार्जन गरिएको जानकारी दिए ।

नयाँ बजेट वक्तव्यअनुसार चुरोटको करमा १० प्रतिशत वृद्धि गरिएको छ। यस्तै मदिराजन्य पदार्थमा पनि करको दर बढाइएको अर्थमन्त्री वाग्लेले बताउनुभयो। कर वृद्धिको विस्तृत र विस्तृत दररेट भने आर्थिक विधेयकमार्फत सार्वजनिक गरिने सरकारले जनाएको छ।

बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले भने, ‘धूमपान तथा मदिरा सेवनबाट हुने स्वास्थ्य जोखिम, दीर्घरोग र सामाजिक असर न्यूनीकरण गर्न सरकारले यो नीति अपनाएको हो। यसरी वृद्धि गरिएको करबाट संकलित राजस्वलाई मुलुकको स्वास्थ्य सेवा सुधार, रोग रोकथाम कार्यक्रम र सामाजिक क्षेत्रको समग्र विकासमा परिचालन गरिनेछ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit