Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

‘नक्कली महानगर’ यातायातको ठगीले यात्रुलाई असहज, सक्कली कम्पनी संकटमा परेपछि कारबाहीको चेतावनी

‘नक्कली महानगर’ यातायातको ठगीले यात्रुलाई असहज, सक्कली कम्पनी संकटमा परेपछि कारबाहीको चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं । महानगर यातायात प्रालिले कम्पनीको नाम, रंग, डिजाइन र आकारको नक्कल (कपी) गरेर सोही रुटमा बस सञ्चालन भैरहेको उल्लेख गर्दै त्यसले व्यवसायी र यात्रुप्रति समस्या सिर्जना गरेको भन्दै कडा आपत्ति जनाएको छ । नक्कली महानगर यातायातका गाडी सडकमा सञ्चालन भइरहे त्यसविरुद्ध सक्कली कम्पनीले कडा कानूनी कारबाहीको प्रकृयामा जाने चेतावनी दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार काठमाडौंमा पत्रकार सम्मेल आयोजजना गरी कम्पनीले यात्रुहरू झुक्याउने, दुर्घटना गराउने र प्रतिष्ठामा आँच पुर्याउने घटनामा नक्कली बस संलग्न रहेको महानगर यातायात प्रालिका अध्यक्ष सन्तोष खतिवडाले बताए ।

नक्कली बसले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितले सक्कली ‘महानगर यातायात’ को कार्यालयमा उजुरी दिने गरेका छन्, जसले संस्थालाई अनावश्यक झन्झटमा पार्ने गरेको अध्यक्ष खतिवडाले बताए । कम्पनीले आर्थिक र अन्य समस्या झेल्दै आएको गुनासो उनको छ । ‘नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरुले प्रहरीमा खबर गर्छन् र महानगर यातायातको कार्यालयसम्म पनि आइपुग्छन् । कतिपय अवस्थामा अनुसन्धानपछि यथार्थ पत्ता लाग्छ तर, धेरै जसो केसमा त्यसरी दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन सकिरहेका छैनन् ।’ उनले थप भने, ‘यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट ब्यहोर्नु परिरहेको छ र कयौं पटक केही बसहरुको नियमित सेवा समेत रोकिएको छ । यसले गर्दा यात्रुहरुले पाएको दुःख र कम्पनीलाई भएको आर्थिक घाटाको कुनै लेखाजोखा नै छैन ।’

नक्कली बसका कारण यात्रुहरूले झोला छुटाउने, समयमै गन्तव्य नपुग्ने, अप्ठ्यारो पार्ने जस्ता विविध समस्याहरु भोग्दै आएका छन् । कम्पनीले यस्तो गम्भीर समस्याप्रति सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै कारबाही नभएको भन्दै कम्पनीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
‘प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभाग लगायतका निकायमा निवेदन नै दिएर कारबाहीको लागि अनुरोध धेरै पटक गरिसक्यौं । तर समस्या समाधानको लागि कुनै पहल नै हुन सकेन । यातायात विभागले चार बर्ष अघि केही त्यस्ता नक्कली गाडिहरु समातेर सचेत गराए पनि त्यो औपचारिकतामै सिमित बनिरहेको छ’ अध्यक्ष खतिवडाको आरोप छ ।

कम्पनीले सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न पुनः आग्रह गरेको छ । यो विषयमा सरोकारवाला निकायले ध्यान नदिए कम्पनीले कानुनी बाटो रोज्ने चेतावनी समेत दिएको छ । अध्यक्ष खतिवडाले लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय भएकाले अब उपरान्त महानगरको नाम र डिजाइन सवारी साधनबाट नहटाएमा क्षतिपूर्तिको मागसहित कानूनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

महानगर प्रालिले २०७२ साल फागुनमा काठमाडौंबाट सेवा सुरु गरेको थियो । हाल महानगरका ८९ बस काठमाडौंका विभिन्न रुटहरुमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । यद्यपी यात्रुहरुको सहज यात्रालाई ध्यानमा राख्दै प्रालिले दुई साताभित्र १ करोड २७ लाख रुपैयाँ पर्ने १२ वटा उच्च प्रविधिमैत्री ठूला सिटी ईभी बस सञ्चालनमा ल्याउन लागेको खतिवडाले जानकारी दिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit