Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

दरमखोला हाइड्रो इनर्जीकाे आइपीओ खुला

दरमखोला हाइड्रो इनर्जीकाे आइपीओ खुला
विज्ञापन
Advertisement

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि कुल १० करोड ३० लाख ५० हजार रुपैयाँबराबरको १० लाख ३० हजार ५ सय कित्ता सेयर निष्काशन गरेको छ। यस्तै, वैदेशिक रोजगारीमा गएकाहरूका लागि २ लाख ९१ हजार ९ सय ५० कित्ता सेयर छुट्याइएको छ।

यससँगै कम्पनीले सर्वसाधारणका लागि दोस्रो चरणमा निष्काशन गर्ने सेयरको पनि तयारी थालेको छ। त्यसअन्तर्गत २९ करोड १९ लाख ५० हजार रुपैयाँबराबरको २९ लाख १९ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

दरमखोला हाइड्रोले आफ्नो जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँबराबरको कुल ३८.३३ प्रतिशत सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेसँगै पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गरेको हो।

यस आईपीओमा आगामी असार २३ गतेसम्म आवेदन दिन सकिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit