Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आज ७४ औँ मदन भण्डारी जयन्ती

आज ७४ औँ मदन भण्डारी जयन्ती
नेकपा एमाले सम्पर्क समन्वय कमिटीले दशरथ रङ्गशालादेखि तिनकुनेसम्म शनिबार मदन भण्डारीको ७४ ओँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी हुनुहुँदै एमालेका महासचिव शङ्कर पोखरेललगायत । तस्बिर : हरिराम भेटुवाल / रासस
विज्ञापन
Advertisement

काठमाडौं । आज तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

विज्ञापन
Advertisement
Advertisement

एमाले र मदन भण्डारी फाउण्डेशनले आज विविध कार्यक्रम गरी जननेता भण्डारीको जन्मजयन्ती मनाउन थालेको हो । एमाले सम्पर्क समन्वय कमिटीले आज जयन्तीकै अवसरमा पदयात्रा गरेको छ ।

कमिटीको आयोजनामा आज ७ः३० बजेदेखि ८ः३० बजेसम्म त्रिपुरेश्वरदेखि दशरथरङ्गशालादेखि तीनकुनेसम्म पदयात्रा गरिएको कमिटीका सचिव आरसी लामिछानेले जानकारी दिए । पदयात्रामा पार्टी महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य लालबाबु पण्डित सहभागी भएका छन् ।

यस्तै आज दिवस फाउण्डेशनका आयोजनामा राष्ट्रियसभा गृहमा ‘जबजका तीन दशक’ विषयक अन्तक्र्रिया कार्यक्रम राखेको छ । अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने जनाइएको छ ।

एमालेले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनवाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो ।

मदन भण्डारी २०४६ सालमा भएको नेकपा (माले)को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई नेकपा (एमाले) पनि महासचिव बन्नुभएको थियो । यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिनुभएको हो । मदन भण्डारी २०४८ सालका संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा जन्मिनुभएको भण्डारी २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना हुँदा निधन भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit