Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बैंक बढेपछि उचालियो शेयर बजार, २८ अंकको सुधार

बैंक बढेपछि उचालियो शेयर बजार, २८ अंकको सुधार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको मंगलबार नेप्से परिसूचक २६.६० अंकले बढेर २ हजार ६६०.३९ विन्दुमा आइपुगेको छ । कारोबारमा आएका १३ वटा समूहके सूचक मध्ये वाणिज्य बैंक तथा वित्तीय संस्थाका कम्पनीहरुको शेयर मूल्य बढेसँगै शेयर बजार बढेको छ । वाणिज्य बैंक समूहको १.०९, विकास बैंक समूहको १.२१, फाइनान्स, इन्स्योरेन्सको शेयरमा सुधार आएसँगै समग्र सूचक हरियो बन्न पुग्यो ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन ७ अर्ब माथिको कारोबार भएको छ भने १ करोड ५७ लाख कित्ता शेयर किनबेच भएको छ । कम्पनीको शेयर मूल्य बढ्दा एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट बैंक, राधि विद्युत कम्पनी, बुटवल पावर कम्पनी,सप्तकोशी डेभलपमेन्ट बैंक र युनियन हाइड्रो पावर कम्पनीको २५ करोड १६ लाख रुपैयाँदेखि ४६ करोड १६ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

बढेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था,न्यादी ग्रुप पावर,बरुण हाइड्रो पावर, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन कम्पनीको ८.०९ प्रतिशतदेखि ९.८९ प्रतिशतले बढेको छ । बढेको बजारमा युनिलिभर नेपाल, सनराईज फस्ट म्यूचिअल,गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, सिन्धु विकास कम्पनीको शेयर मूल्उमा भारी गिरावट आएका छ । यी कम्पनीको शेयर मूल्य १.४९ प्रतिशतदेखि २.१३ प्रतिशतले घटेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit