Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजेट माग्नेको भिडमा सेजनको बोल्ड निर्णय, सरकारले दिएको १ करोड अनुदान अस्वीकार

बजेट माग्नेको भिडमा सेजनको बोल्ड निर्णय, सरकारले दिएको १ करोड अनुदान अस्वीकार
विज्ञापन
Advertisement

काठमाडाैं । सदनमा विभिन्न राजनीतिक दल र सासंदहरुले आफुँहरूलाई बजेट अपुग  छु्ट्याएको भन्दै चर्को आलोचना गरेको बेलामा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थालाई अनुदान स्वरुप छुट्याएको १ करोड रुपैयाँ बजेट अस्वीकार गर्ने बोल्ड निर्णय गरेको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले उक्त प्रस्तावित बजेटलाई नलिने विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत एक करोड रुपैयाँ संस्थालाई छुट्याएको थियो । सेजनले बजेटका लागि सूचना तथा प्रविधि मन्त्रालयमा बजेट  मागका लागि कुनै पनि प्रस्ताव नगरेको, विगतमा पनि यस्ता प्रकारको अनुदान अस्वीकार गरेको र संस्थालाई स्वतन्त्र र आचारसंहिता कायम राख्न यस्तो अनुदान स्वीकार गर्न उपयुक्त नभएको विज्ञप्तिमा मार्फत जानकारी दिएको छ ।

सेजनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जनताको करबाट प्राप्त स्रोतको अधिकतम उपयोग सुनिश्चित गर्नु सबैको दायित्व हो। निर्माणमूलक पत्रकारिता संस्थागत गर्न बजेट प्रयोग गर्नु हाम्रो पेशागत धर्म र मर्यादाको खिलाफ हुने देखियो ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit