Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

लक्ष्मी सनराइज क्यापिटलद्धारा १५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव

लक्ष्मी सनराइज क्यापिटलद्धारा १५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव
विज्ञापन
Advertisement

काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न सभाले आ.व. २०८१-०८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, र नगद प्रवाह विवरणलगायतका प्रस्तावहरू पारित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

साथै, आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि लेखा परिक्षकका रूपमा एन.बी.एस.एम. एण्ड एशोसिएट्सलाई निरन्तरता दिने निर्णय गरिएको छ। सभाले आषाढ मसान्त २०८२ को वासलात अनुसार कम्पनीको प्रति शेयर आम्दानी १८.२० रहेको जनाएको छ।

वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट कम्पनीले आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् ७.७२ करोड (कर सहित) बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

नेपालको पुँजी बजारमा पहिलोपटक शेयर निष्काशन तथा मर्चेन्ट बैंकिङ्ग कार्यको सुरुवात गर्ने संस्था म्हणून, लक्ष्मी सनराइज क्यापिटलले तीन दशकभन्दा बढी समयदेखि देशको धितोपत्र बजार विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

हाल कम्पनीले करिब छ अर्ब रुपैयाँ बराबरका पाँच वटा बन्दमुखी र एक वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गरिरहेको छ। यी सबै म्युचुअल फण्डहरूले आ।व। २०८१-०८२ मा प्राप्त मुनाफाबाट दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएका छन्।

त्यसैगरी, कम्पनीले सञ्चालनमा ल्याएको ‘लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड’ एक अर्ब रुपैयाँ पुँजीको विशेषीकृत लगानी कोष हो, जसको उद्देश्य दिगो ऊर्जासम्बन्धी परियोजनामा लगानी गर्ने रहेको छ।

लक्ष्मी सनराइज क्यापिटल नेपालकै पहिलो संस्था हो जसले ‘यूएन–प्रिन्सिपल्स फर रिस्पोन्सिबल इनभेस्टमेन्ट ’ मा हस्ताक्षर गरेको छ।

विश्वव्यापी स्तरको यस संस्थाको उद्देश्य लगानीलाई सामाजिक र वातावरणीय जिम्मेवारीसँग जोड्दै पारदर्शी, अनुशासित र दीगो बनाउनु हो। यस सदस्यताले लक्ष्मी सनराइज क्यापिटलको उत्तरदायी र दिगो लगानीप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit