Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

शेयर बजारमा उच्च अंकको पहिरो,किन देखिएन लगानीकर्ताको आत्मविश्वास

शेयर बजारमा उच्च अंकको पहिरो,किन  देखिएन लगानीकर्ताको आत्मविश्वास
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको पहिलो कारोबार आइतबार शेयर बजारमा उच्च अंकको पहिरो गएको छ । यो दिन नेप्से परिसूचक ७८.८३ अंकले घटेर २ हजार ५०३.३५ विन्दुमा आइपुगेको छ । नेप्से सूचकमा आएको भारी गिरावटले लगानीकर्ताहरु निरुत्साहित भएका छन् । नेपाल राष्ट्र बैंकले एकल कर्जा २५ करोडको सीमा हटाएर केही सुधार देखिएको बजारमा पुन आइतबार घटेपछि लगानीकर्ता प्यानिक बन्न पुगेका छन् । कतिपय लगानीकर्ताहरुले भने नाफा बुक गर्ने होडले बजार घटेको भने पनि लगानीकर्ताहरुको पछिल्लो समय राजनीतिक रुपमले अन्योलको अबस्थाले पनि बजार घट्न पुगेको विश्लेषकहरुको दाबी छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ भने १ करोड ४३ कित्ता शेयर किनबेच भएको छ। उच्च अंकले घटेको बजारमा बुटवल पावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी,राधि विद्युत कम्पनी,सीइडीबी होल्डिङ लिमिटेड,विन्ध्याबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ८.२७ प्रतिशतदेखि ९.२७ प्रतिशतले घटेको छ ।नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, पञ्चकन्या माई हाइड्रो पावरको शेयर मूल्य बढेको छ ।

त्यस्तै यो दिन नेपाल रिइन्स्योरेन्स कम्पनी,एनएलजी इन्स्योरेन्स,युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स,सिइडीबी होल्डिङको शेयर मूल्य २२ करोड ४१ लाख रुपैयाँदेखि ३८ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit