Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

विज्ञान, व्यवस्थापन र कानुनमा उत्कृष्ट शिक्षा दिने युनिग्लोब कलेज

विज्ञान, व्यवस्थापन र कानुनमा उत्कृष्ट शिक्षा दिने युनिग्लोब कलेज
विज्ञापन
Advertisement

काठमाडाैं । SEE को रिजल्ट आएपछि विद्यार्थीहरूको मनमा अनेक प्रश्न उठ्छन् — अब कहाँ पढ्ने, कुन विषय रोज्ने, कुन कलेजमा भर्ना हुने ? उनीहरू भविष्यका सपनाहरूलाई सजिलो बाटोमा लैजाने सही स्कुल वा कलेज खोज्न चाहन्छन्। यस समयमा धेरैले साथी, परिवार, शिक्षकहरूसँग सल्लाह गर्छन्, कलेजको सेमिनार, काउन्सिलिङमा जान्छन् र अनलाइन रिसर्च गर्छन्। उनीहरूको चाहना हुन्छ — जहाँ शिक्षाको गुणस्तर राम्रो होस्, अनुभवी शिक्षक टिम होस्, विद्यार्थीलाई सिक्न र बुझ्न मद्दत गर्ने वातावरण होस् र भविष्यको लक्ष्यलाई मार्गदर्शन गर्ने अवसरहरू मिलून् भन्ने चाहना उनीहरूको हुन्छ।

विज्ञापन
Advertisement
Advertisement

त्यस्तै सोचका विद्यार्थीहरूका लागि कमलादीमा रहेको युनिग्लोब कलेज उत्कृष्ट विकल्प बन्न सक्छ। काठमाडौंको मुटु कमलादी रहेको यस कलेज साइन्स व्यवस्थापन र कानुनमा +2 कार्यक्रम सञ्चालन गर्दै आएको छ। यहाँ अनुभवी शिक्षक टिम, अत्याधुनिक पूर्वाधार, अनुसन्धान र प्रयोगशाला सुविधा, र अन्तरक्रियात्मक सिकाइ पद्धतिहरू उपलब्ध छन्। ‘Explore by Learning’ को भावनामा स्थापित यस स्कुलमा विद्यार्थीहरूले केबल किताबमै सीमित नभई केस स्टडी, समूह परियोजना, इत्यादि अभ्यासमार्फत आफ्नो ज्ञानलाई व्यवहारमा उतार्ने अवसर पाउँछन्। त्यसैले, आफ्नो भविष्यको सुनिश्चित बाटो खोज्दै हुनुहुन्छ भने युनिग्लोब कलेज तपाईंको लागि उपयुक्त गन्तव्य हुन सक्छ।

यूनिग्लोब कलेज अरु कलेजको तुलना गर्दा स्पष्ट रूपमा केही विशेषताहरूले फरक देखिन्छ। यहाँ केवल पाठ्यपुस्तक पढ्ने तरिकामा मात्र होइन, व्यवहारिक र समग्र विकासमा विशेष जोड दिइन्छ। अन्य विद्यालयहरूले जहाँ परम्परागत विधि अपनाउँछन्, युनिग्लोब कलेज अत्याधुनिक प्रयोगशाला, स्मार्ट कक्षा, र इन्टरएक्टिभ शिक्षण प्रविधिहरू प्रयोग गरेर सिकाइलाई अझ प्रभावकारी बनाएको छ। यहाँका शिक्षकहरू मात्र ज्ञान दिँदैनन्, विद्यार्थीहरूको सोच, विश्लेषण, र समस्या समाधान गर्ने क्षमता विकास गर्न प्रेरित गर्छन्।यस विद्यालयमा विज्ञान, व्यवस्थापन र कानुनका विषयहरूमा +2 कार्यक्रम चल्छ जसले विद्यार्थीलाई पूर्णतः २१औं शताब्दीका लागि तयार पार्दछ। तर यहाँको शिक्षण विधि परम्परागतभन्दा फरक छ। विज्ञानका विद्यार्थीहरूले अत्याधुनिक प्रयोगशालामा व्यावहारिक सिकाइ पाउँछन् जहाँ उनीहरूले किताबमा मात्र नभई वास्तविक प्रयोग गरेर ज्ञानलाई गहिराइमा बुझ्न पाउँछन्।

व्यवस्थापनका विद्यार्थीहरूलाई केवल थ्योरी मात्र होइन, मार्केटिङ, वित्तीय योजना, नेतृत्वकौशललगायत धेरै कुराहरू केस स्टडी, इंटरेक्टिभ सेमिनार र सिमुलेसनमार्फत सिकाइन्छ। कानुनका विद्यार्थीहरूलाई तार्किक चिन्तन र कानुनी विश्लेषणमा दक्ष बनाउने अभ्यास गराइन्छ। यसरी हरेक विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार अध्ययन गर्न पाउँछन्।

साथै, विद्यार्थीहरूलाई प्रायः बाहिरी फिल्ड ट्रिपहरू, अनुसन्धान परियोजनाहरू, र व्यावसायिक वातावरणसँग जोडिएका अनुभवहरूमा लैजाने व्यवस्था छ, जसले उनीहरूको सिकाइलाई वास्तविक जीवनसँग जोड्छ। अन्य विद्यालयमा प्रायः यस्ता व्यवहारिक अवसरहरू सीमित हुन्छन्। बिहान र दिउँसो दुई सिफ्टमा पढाइ हुने यस विद्यालयमा, विद्यार्थीहरूको मनोबल र आत्मविश्वास बढाउन कलेजले “Esprit de corps” अर्थात् टोली भावना विकासमा ठूलो महत्व दिन्छ, जसले समग्र विद्यार्थी जीवनलाई सकारात्मक र सहयोगी बनाउँछ। व्यवस्थापन पनि पारदर्शी, सुलभ र विद्यार्थी–अभिभावक मैत्री रहेको कारण यहाँको वातावरण अत्यन्तै भरोसायोग्य र सुरक्षित मानिन्छ।

डा. गणेश रेग्मी, युनिग्लोब कलेजका प्रधानाध्यापक, यस संस्थाको विशेषताहरूबारे बताउँदै भन्छन्, “यहाँ हामी केवल परम्परागत शिक्षामा सीमित छैनौं। हाम्रो लक्ष्य हो विद्यार्थीहरूलाई ज्ञानसँगै सीप, आत्मविश्वास र नेतृत्व क्षमता विकास गराउनु। हाम्रो विद्यालयमा अत्याधुनिक प्रयोगशालाहरू, डिजिटल शिक्षण सामग्री, र अनुभवी शिक्षकहरूको टिम छ, जसले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन तत्पर छन्। हामीले विज्ञान, व्यवस्थापन र कानुनका विद्यार्थीहरूलाई मात्र थ्योरीमा होइन, फिल्ड भिजिट, केस स्टडी, र परियोजनामार्फत सिक्ने अवसर दिन्छौं, जसले उनीहरूलाई प्रतिस्पर्धी विश्वमा अगाडि बढ्न सक्षम बनाउँछ। यहाँको वातावरण मित्रवत्, सुरक्षित र विद्यार्थी केन्द्रित छ, जसले विद्यार्थीलाई खुल्ला मनले सिक्न र विकास गर्न प्रोत्साहित गर्छ।”

उनले थप्छन्, “भर्ना गर्नेहरूलाई म भन्न चाहन्छु, युनिक ग्लोबमा तपाईंले यस्तो शिक्षा पाउनुहुनेछ जुन तपाईंको व्यक्तित्व र भविष्यको लागि दिगो हुनेछ। हामी तपाईंको रुचि, क्षमताअनुसार मार्गदर्शन गर्छौं, केवल परीक्षा पास गर्ने शिक्षा होइन, जीवनभर काम लाग्ने ज्ञान सिकाउने लक्ष्यका साथ। यहाँ शिक्षाको गुणस्तर मात्र नभएर विद्यार्थीकै भलाइलाई केन्द्रमा राखिन्छ। यदि तपाईं प्रतिस्पर्धात्मक बजारमा सफल हुन चाहनुहुन्छ भने, युनिग्लोब कलेज तपाईंका लागि सर्वोत्तम विकल्प हो।”। युनिग्लोब कलेज आफ्नो व्यवस्थापनलाई अत्यन्तै सुसंगठित र पारदर्शी बनाएको छ जसले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीच विश्वास र सहकार्यको वातावरण सिर्जना गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit