काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानी ई सेवा र खल्ती मार्फत कारोबार गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ।
कम्पनीका अनुसार उक्त अफर अन्र्तगत बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।
यो अफर बुधबार (असोज १ देखि मंसिर २९) सम्म लागू हुने छ। यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित
र ग्राहकमैत्री बन्ने अपेक्षा कम्पनीको छ ।

















प्रतिक्रिया दिनुहोस्