Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नौ दिनपछि खुलेको शेयर बजार दुई मिनेटमै नेगेटिभ सर्किट, कारोबार केहीबेर स्थगित

नौ दिनपछि खुलेको शेयर बजार दुई मिनेटमै नेगेटिभ सर्किट, कारोबार केहीबेर स्थगित
विज्ञापन
Advertisement

काठमाडौं । जेनजी प्रर्दशनका कारण नौ दिनपछि बिहीबार खुलेको शेयर बजारमा नेगेटिभ सर्किट लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज बजार खुल्नसाथ शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०७.०४ अंकले घटेर नकारात्मक सर्किट लागेको हो । शेयर कारोबार खुल्नासाथ जस्तो ४ प्रतिशत भन्दा बढी नेप्से घटेपछि २० मिनेटको लागि कारोबार रोकिएको नेप्सेले जनाएको छ ।

कारोबार खुलेको पहिलो एक घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा सर्किट लाग्ने व्यवस्था छ। आज कारोबार खुलेको दुई मिनेटपछि नै चार प्रतिशतले नेप्से घटेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ।

यसअघि, नेप्से प्रिओपन सेसनमा ३४ अंकले घटेको थियो । यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको असर नौ दिन पछि बल्ल आज खुलेको बजारमा समेत नकारात्मक प्रभाव देखिएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit