Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कर्णालीबाट साढे तीन सय मेट्रिक टन कृषि उत्पादन युरोप निर्यात

कर्णालीबाट साढे तीन सय मेट्रिक टन कृषि उत्पादन युरोप निर्यात
विज्ञापन
Advertisement

सुर्खेत । कर्णालीका कृषि उत्पादनहरु युरोप निर्यात हुन थालेपछि किसानहरु लाभान्वित भएका छन् । गत आर्थिक वर्ष २०८१÷०८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन अदुवा र बेसारको धुलोलगायत कृषि उत्पादनहरु युरोपमा निर्यात गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कर्णाली सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत खड्काकाअनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मन निर्यात गरिएको छ ।

कर्णालीका सल्यान, रूकुम पश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अर्गानिक भ्याली’ले संकलन गरी जर्मनीलगायत देशमा निर्यात गर्दै आएको खड्काले बताए ।

‘बर्सेनी कर्णालीको अदुवा र बेसार विदेश निर्यात भइरहेको छ’ उनले भने, ‘कर्णालीबाट अदुवा र बेसारसँगै मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात भइरहेको छ ।’

पछिल्लो समय कर्णालीबाट अर्गानिक अदुवा र बेसारलगायतका कृषि उत्पादन छिन्चुमा रहेको द अर्गानिक भ्यालीमार्फत प्रमाणीकरण र प्रशोधन गरी जर्मनीलगायतका तेस्रो मुलुकहरुमा निर्यात गरिरहेको बताए ।

कर्णालीमा तीन जिल्लाका दुई हजारभन्दा बढी कृषक प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । उक्त कम्पनीले अदुवा र बेसारबाहेक मकैको पिठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गर्ने गर्दछ । अर्गानिक प्रमाणीकरणमा आबद्ध भएपछि कृषि उपजले उचित मूल्य पाउन थालेको छ । जसले किसानको आयआर्जन बढाउनुका साथै जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ ।

नियमित गोडमेल गर्न नपर्ने र लगानी पनि कम लाग्ने भएकाले अदुवा र बेसार खेती गर्न सहज हुनेगरेको सुर्खेत चौकुने गाउँपालिकाका कृषक हरि थापाले बताए ।

अदुवा र बेसार विदेशमा निर्यात भइरहेपनि भौगोलिक विकटता र कृषकको पहुँच नहुँदा किसान भने सहज रूपमा बजारसम्म पुग्न सकेका छैनन् । प्रदेश सरकारले पकेट क्षेत्र निर्माण गरेर उत्पादन र बिक्री वितरणलाई सहज बनाउनुपर्ने कृषकहरूको माग छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit