Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

टाटा मोटर्सको दसैँ तिहार अफरमा ईभी र आईसीई गाडीमा विशेष छुट, बम्पर पुरस्कारमा माल्दिभ्स ट्रिप

टाटा मोटर्सको दसैँ तिहार अफरमा ईभी र आईसीई गाडीमा विशेष छुट, बम्पर पुरस्कारमा माल्दिभ्स ट्रिप
विज्ञापन
Advertisement

काठमाडौं । हिन्दुहरुको महान चाड दसैँ र तिहार र छठको अवसरमा सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकलाई खुशी र उत्साह थप गर्ने उद्देश्यसहित ‘शानदार दसँै–तिहार अफर’ सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदीले यस अफरमार्फत आफ्ना लोकप्रिय ईलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन मोडेलसम्म विशेष छुट र आकर्षक सुविधा दिने भएको छ ।

उक्त अवसरको सदुपयोग गर्दै ग्राहकहरूले टियागो ईभी, पञ्च.ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता नयाँ मोडेलका इलेक्ट्रिक गाडीहरू छनोट गर्न सक्नेछन्, जसले यात्रामा नयाँ अनुभव, सहजता र आधुनिकतासहितको आत्मविश्वास दिलाउने कम्पनीले जनाएको छ।

त्यस्तै, पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसिई मोडेलहरूमा विशेष अफरहरु रहेको कम्पनीले जनाएको छ ।

इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकका लागि जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यससँगै निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुटको सुविधा पाउनेछन् । यसैगरी लक्की ड्रमार्फत भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने बम्पर पुरस्कार पनि पाउनेछन् ।

त्यस्तै, पेट्रोल र डिजेलका गाडीहरू रोज्नेहरूका लागि पनि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आइस मोडेलमा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा दिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, यस अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । सिप्रदी ट्रेडिङले आफ्नो देशभर रहेका सबै शोरुममार्फत ‘शानदार दसँै–तिहार अफर’ उपलब्ध गराएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit