Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सहकारी प्राधिकरण र आईक्यानबीच साझेदारी

वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सहकारी प्राधिकरण र आईक्यानबीच साझेदारी
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) बीच बचत तथा ऋण कारोबार गर्ने संस्थाहरुको दर्ता अभिलेखिकरण गर्ने सम्बन्धमा साझेदारी गर्ने गरी समझदारी भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापद्दण्डहरु जारी गर्ने सम्बधमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसँग आइक्यानले आवश्यक सहयोग र सहकार्यका लागि सम्झैता भएको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका लागि लागू हुने ‘दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ लाई कार्यान्वयन गर्न शुक्रबार उक्त सम्झौता भएको हो ।

मापद्दण्डअनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सहकारी संस्थाले प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्नुपर्ने व्यवस्था छ । ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) बीचको समझदारी गर्नुको उद्देश्य सहकारी ऐन २०७४ को दफा १०३ (ज) १ मा गरिएको व्यवस्था , नियमत तथा सुपरिवेक्षणका लागि आईक्यानको समन्वयनमा रोस्टर तयार गरि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियामकीय परिक्षण गर्ने गराउने भनी ऐनमा व्यवस्था छ, त्यसलाई कार्यान्वयन गर्न आज हामीले यो सम्झौता गरेका छौं,’ राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकरी निर्देशक शेषनारायण पौडेलले भने ।

सहकारी नियमनको प्रभावकारिता बढाउने उद्देश्यले गरिएको उक्त सम्झैताले सहकारी ऐन, २०७४ संशोधनपछि गठन भएको प्राधिकरणले सहकारी दर्ता, अनुगमन, सुपरीवेक्षण तथा नियमन कार्यलाई प्राविधिक र पारदर्शी बनाउनेतर्फ अघि बढिरहेको जानकारी गराइएको छ । सम्झौता अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ अन्तर्गत अब संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सो प्रकारका सहकारीहरूले अनिवार्य रूपमा प्राधिकरणमा दर्ता गराउनु पर्नेछ । आगामी असोज महिनादेखि अनलाइन दर्ता प्रक्रिया सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।

उक्त समझदारीले दिगो वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सहयोग पु¥याउने प्राधिकरणको विश्वास छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit