Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सयवर्ष भन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना (तस्बिरसहित)

सयवर्ष भन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना (तस्बिरसहित)
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका वडा ८ गायत्री मार्गमा रहेको छैटौं शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा ८ का वडाअध्यक्ष आशामान संगतले विधिपूर्वक पूजा गरी गजुर स्थापना गरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले, दुई तल्ला रहेको प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरको मेदिना कन्ट्रक्सन प्रा.लीले निर्माण गरेको र एक करोड १५ लाख रूपैयाँ लागतमा निर्माण गरिएको बताए ।

उनले, मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको भएपनि गौशाला प्रहरी कार्यालयमा थन्क्याएर राखिएको मूर्ति मन्दिरमा स्थापना गर्न माघभन्दा अगाडि साइत नजूर्ने भएकाले केही समय ढिला हुन पुगेको बताए । ऐतिहासिक मन्दिरको गत माघ ७ गते पुनःनिर्माणका लागि शिलान्यास गरिएको थियो । हराएकै एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको हो ।

उक्त मन्दिरको ऐतिहासिक दस्तावेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्त्वविद्हरूबाट मन्दिरको रेखांकन गरिएको थियो । इट्टा माटो र काठबाट निर्मित मन्दिर दुईतल्लाको प्यागोडा शैलीमा निर्माण गरिएको हो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit