Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

अविरल वर्षाले इलाममा ठूलो मानवीय क्षति, बाढी–पहिरोमा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

अविरल वर्षाले इलाममा ठूलो मानवीय क्षति, बाढी–पहिरोमा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो
विज्ञापन
Advertisement

विराटनगर । अविरल वर्षा र पहिरोका कारण पछिल्लो दुई दिनमा इलाममा ठूलो मानवीय क्षति भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आइतबार दिउँसो साढे १ बजेसम्म विपत्तिमा परी इलाममा ३४ जनाको ज्यान गएको छ। पहिरोमा परी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ, सन्दकपुर गाउँपालिकामा चार, माङ्सेबुङ गाउँपालिकामा तीन, देउमाई नगरपालिकामा आठ, माइजोगमाई गाउँपालिकामा सात र फाकफोकथुम गाउँपालिकामा एक गरी ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए ।

यस्तै, सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी कालीदास धौवजीले दिएको जानकारी अनुसार अझै धेरै व्यक्ति पहिरोमा बेपत्ता छन्। सुरक्षाकर्मीको टोली निरन्तर उद्धार कार्यमा सक्रिय भई बेपत्ता तथा घाइतेको खोजी–उद्धारमा खटिएको उनको भनाइ छ।

धौवजीले भने, ‘अविरल वर्षा र पहिरोका कारण पहुँच मुश्किल भएको स्थानमा उद्धार कार्य चुनौतीपूर्ण छ। सबै प्रभावित क्षेत्रमा तत्काल राहत र सुरक्षा सुनिश्चित गर्न हाम्रो प्रयास जारी छ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit