Advertisement
Advertisement
Corporate Samachar
२३ भाद्र २०८३, मंगलवार
Advertisement

नारायणघाट–मुग्लिन सडक एकतर्फी सुचारु, पहिरो हटाउने कार्य जारी

नारायणघाट–मुग्लिन सडक एकतर्फी सुचारु, पहिरो हटाउने कार्य जारी
विज्ञापन
Advertisement

काठमाडौं । नारायणघाट–मुग्लिन सडक खण्डमा एकतर्फी रुपमा यातायात सुचारु भएको छ । उक्त खण्डको तुइन खोला क्षेत्रमा शनिबार आएको पहिरो हटाइएसँगै एकतर्फी यातायात सञ्चालन गरिएको सडक विभाग चितवनले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त खण्डमा पहिरो हटाउने काम चलिरहेको हुँदा सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिएका छन् । उनका अनुसार तीनवटा भारी उपकरणहरूले पहिरो हटाउन सक्रिय रूपमा काम गरिरहेका छन् र चाँडै नै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ ।

सडकको अन्य सबै खण्डहरू खुला रहेको उनले जनाए । यात्रीहरूलाई तुइन खोला नजिक सतर्क रहन र ट्राफिक निर्देशनहरू पालन गर्न विभागले अनुरोध गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit