Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

लखन्देहीको बाढीले बाँध भत्काउँदा चारसय बढी घर डुबानमा, विस्तापित नागरिकलाई शिविरमा राख्ने तयारी

लखन्देहीको बाढीले बाँध भत्काउँदा चारसय बढी घर डुबानमा, विस्तापित नागरिकलाई शिविरमा राख्ने तयारी
विज्ञापन
Advertisement

सर्लाही । अविरल वर्षासँगै आएको लखन्देही नदीको बाढीले सयौं घर डुवानमा परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बाढीले कौडेना गाउँपालिका–२ र ३ मा रहेको पक्की हुलाकी सडक करिब १५ मिटरसम्म बगाउँदा दक्षिण–पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँगको सिधा सम्पर्क टुटेको छ ।

 

यसैगरी, लखन्देही नदीले बाँध भत्काउँदा कौडेना–७ शिवनगर गाउँ र बलरा नगरपालिका–२ मा सयौं घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

‘प्राथमिक उद्धारपछि बाढीग्रस्त क्षेत्रमा अहिले पनि राहत तथा उद्धार कार्य जारी छ,’ प्रहरी नायब उपरीक्षक सरोज राईले भने । उनका अनुसार जिल्लाभर बाढीले अत्यधिक क्षति पु¥याएको छ र विस्तृत विवरण संकलन भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले प्रभावित परिवारलाई अस्थायी राहत शिविरमा राख्ने तयारी भइरहेको बताए । उनका अनुसार, लगातारको वर्षाले जिल्लाभर विद्युत् आपूर्ति र सञ्चार सेवामा पनि अवरोध सिर्जना गरेको छ, जसले स्थानीयलाई थप समस्यामा पारेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit