Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलायन्सले चार्टर उडानमार्फत राती काठमाडौं ल्याउँदै

भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलायन्सले चार्टर उडानमार्फत राती काठमाडौं ल्याउँदै
विज्ञापन
Advertisement

लुम्बिनी । नेपाल एयरलायन्सले अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर उडानमार्फत काठमाडौं ल्याउने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौं उड्ने तयारीमा छ । यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् ।

“ बेलहिया, बुटवलमा पनि यात्रु रहेका छन् । सडक अवरुद्ध छ । हवाई टिकट पाउन मुस्किल छ । यस किसिमको विषम परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलायन्सको चार्टर फ्लाइट उडाउन थालेका हौँ, यसबाट काठमाडौं जाने यात्रुलाई राहत पुग्ने विश्वास लिएका छौँ,” प्रजिअ पाण्डेले भने ।

चार्टर फ्लाइटका लागि सो एयरलायन्सका प्रतिनिधि अरुण पन्थीलाई सम्पर्क गर्न सकिने बताइएको छ । विपद्को समयमा सर्वसाधरण जनतालाई सेवा दिनेगरी नेपाल एयरलायन्सले भैरहवा–काठमाडौं चार्टर उडान गर्न थालेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit