Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

नेपाल र जर्मनबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौता, ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ’ का लागि जर्मनको २० मिलियन युरो सहयोग

नेपाल र जर्मनबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौता, ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ’ का लागि जर्मनको २० मिलियन युरो सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ। नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौंस्थित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका छन् ।

वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ’ कार्यक्रममा सहयोगस्वरूप २० मिलियन युरो दिने प्रतिबद्धता जनाएको छ। यस परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित रहने अर्थ मन्त्रालयका सह–सचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए । जसले देशभरि भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्नेछ। यो परियोजना नेपाल विद्युत प्राधिकरण मार्फत कार्यान्वयन गरिनेछ र त्यसका लागि नेपाल विद्युत प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता पनि हुनेछ।

सम्झौताको कार्यान्वयन अवधि पाँच वर्ष (सेप्टेम्बर २०२९) सम्म रहेको छ ।

प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको मन्त्रालयले जनाएको छ।

सम्झौता अनुसार नेपाल सरकारले पाउने २१ मिलियन युरोलाई सरकारले निम्म क्षेत्रमा खर्च गर्नुपर्नेछ :

स्वास्थ्य क्षेत्रमा, राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीति का लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाइने ।

कृषि तथा निजी क्षेत्र विकासमा, समावेशी र जलवायु–प्रतिकारशील आर्थिक विकासलाई प्रवर्द्धन गर्ने,  GRAPE(Green Resilient Agricultural-centered Private Sector Economic Development) 

शासन क्षेत्रमा, राजस्व क्षेत्र सुधारमा आधारित परियोजना अघि बढाइनेछ जसले दिगो विकासमा योगदान पुर्‍याउनुका साथै अध्ययन तथा विज्ञ कोष मार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान गर्ने।

अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताहरूले नेपाल–जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गरेको बताए । उनले समावेशी तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धतालाई सम्झौताले दर्शाउने उल्लेख गर्दै नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको दीर्घकालीन सहकार्यप्रति जर्मन सरकारलाई धन्यवाद दिए।

सम्झौता कार्यक्रममा जर्मनका नेपालका लागि राजदूत उडो भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit