Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७८ लाख बिगो माग

लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७८ लाख बिगो माग
विज्ञापन
Advertisement

काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सातजनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वभूमि सुधारमन्त्री रञ्जित श्रेष्ठसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । साथै प्रतिवादीहरूविरुद्ध ७८ लाख बिगो दाबी समेत माग गरिएको छ।

सो जग्गाको ‘घुस डिल’ गरेको अडियो सार्वजनिक भएपछि पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठसहितलाई अख्तियारले बयान लिएर अनुसन्धान अघि बढाएको थियो । पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा सुकुम्बासीका नाममा बाँडेर लाभ उठाउने गरी तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाबीच फोनमा भएको अडियो कुराकानी सार्वजनिक भएको थियो । २८ असार, २०८२ मा उक्त अडियो सार्वजनिक भएसँगै गुप्ताले ५३ लाख रुपैयाँ घुस लिएको प्रमाणहरु बाहिरिएका थिए । त्यसको व्यापक विरोध भएपछि गुप्ता राजीनामा दिन बाध्य भएका थिए ।

‘लिचीबारी प्रकरण’मा मुद्दा अघि बढाएको आयोगले तत्कालीन मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत रामचन्द्र अधिकारी र घुस डिल प्रकरणमा संलग्न सुजनकुमार तामाङ, एमकुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनलाई प्रतिवादी बनाएको छ । आयोगले अधिकारीविरुद्ध ५३ लाख, गुरुङविरुद्ध २५ लाख, बुढामगरविरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरेको छ ।

तर, आयोगले तत्कालीन भूमिसुधारमन्त्री तथा एमाले नेता बलराम अधिकारीलाई भने मुद्दामा प्रतिवादी बनाइएको छैन । यो प्रकरणमा उनको नाम पनि मुछिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit