Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गृहमन्त्रीलाई धेरै नचम्किन सुझाव दिँदै ओलीले भने– देशको अर्थतन्त्र बलियो होला भन्ने चिन्ताले हमला भइरहेको छ

गृहमन्त्रीलाई धेरै नचम्किन सुझाव दिँदै ओलीले भने– देशको अर्थतन्त्र बलियो होला भन्ने चिन्ताले हमला भइरहेको छ
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारले ओलीलगायतका नेताहरको पासपोर्ट रोकेको प्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफूलाई उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै प्रधानमन्त्री सुशीला कार्कीसँग आफू डराएर नभाग्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनले भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन ओलीले आफू प्रधानमन्त्री कार्कीसँग डराएर नभाग्ने बताए । ‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? ओलीले भने ।

यस्तै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूलाई पक्राउ गर्नेसम्बन्धमा धेरै नउत्ताउलिन सुझाव दिए । ओलीले भने, ‘ म अहिलेका गृहमन्त्रीलाई चिन्दिन। तर, म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’

यस्तै, जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रमा अध्यक्ष ओलीले संसद भंग गर्ने र लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बनेको आरोप लगाए । उनले भने, ‘अहिको रकार संविधान अनुसार बनेको छैन् । बलमिच्याईले बनेको सरकार छ । अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नको लागि सर्त राख्नुभयो । तुरुन्तै सपथग्रहण गरेर तुरुन्तै संसद भंग गर्ने सिफारिस गर्छु त्यो लागू गर्नुपर्छ र संसद भंग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु नत्र देशमा जेनजीले आगो बाल्छ भन्नुभयो । संसद भंग गर्ने पूर्वसर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य र लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो ।’

ओलीले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेको भन्दै एमालेलाई नजिस्क्याउन चेतावनी समेत दिए । एमाले नीति, विचार र देश विकासको भिजन लिएर आएको बताएका उनले आफूहरु नडराउने बताए । ‘ जेल नेल भोगेर आएको हामीलाई यो नयाँ कुरा होइन, देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौं ।’

त्यस्तै उनले अहिले देश र देशको सार्वभौमसत्तामाथि हमला भइरहेको धारणा राखे । देशको अर्थतन्त्रमा बलियो होला भन्ने चिन्ताले हमला भइरहेको उनको आरोप छ । ओलीले भने, ‘देश र देशको सार्वभौमसत्तामाथि हमला भएको छ । देशको भौगोलिकता माथि हमला छ । देशको अर्थतन्त्र बलियो होला भन्ने चिन्ता छ कसैलाई, त्यसकारण पनि हमला भइरहेको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit