Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

राष्ट्र बैंकको सम्बोधनले शेयर लगानीकर्तालाई राहत, २२ अंकको सुधार

राष्ट्र बैंकको सम्बोधनले शेयर लगानीकर्तालाई राहत, २२ अंकको सुधार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढेर २ हजार ५८२.१८ विन्दुमा आइपुगेको छ । कारोबार सुरु भएको केही मिनेटमै पहिलो चार प्रतिशतले बढे बजार २० मिनेटका लागि बन्द भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

२० मिनेटपछि खुलेको बजारमा ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ । जसमा लगानीकर्ताहरुले १ करोड १८ लाख कित्ता शेयर किनबेच गरेका छन् । धितोपत्र र ऋणगरी यो दिन ३१३ वटा स्क्रीप्टहरु कारोबारमा आएका थिए ।

बुधबार नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको एकल २५ करोड रुपैयाँको सीमा हटाएपछि लगानीकर्ताहरुले राहतको सास फेरेका हुन् । यो दिन मध्येभोटेकोशी हाइड्रोपावर, एशियन हाइड्रो पावर, एमबीएल इक्वीटी फण्ड र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.१५ प्रतिशतदेखि ८.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै यो दिन शिवम् सिमेन्ट, युनियन हाइड्रो पावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य २० करोड रुपैयाँदेखि २७ करोड ३४ लाख रुपैयाँसम्म कारोबार भएको छ ।
घटेको बजारमा थ्रिस्टार हाइड्रो पावर,भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ प्रतिशतदेखि ९ प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit