images images images
images images images
images
images
images

हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद

images

हेटौंडा । मकवानपुर प्रहरीले ३४ लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ ।

शुक्रबार बिहान वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा हेटौंडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिबाट उक्त सामानहरू प्रहरीले बरामद गरेको हो ।

images
images

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको छ ।

गाडीको पछाडि ढालाभित्र लुकाएर राखिएका १३० थान साडी, ६९६ थान कुर्ता, १७५ थान टप्स, र १ हजार १ थान कपडाका थानहरू बरामद गरिएको छ, जसको मूल्य लगभग १४ लाख रुपैयाँ अनुमान गरिएको छ । त्यसैगरी, झन्डै २० लाख रुपैयाँ बराबरको प्रतिबन्धित झिरझिरे पटका समेत फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्