Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

एमाले केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने, पदाधिकारी संख्या १९ नै कायम गरिने

एमाले केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने, पदाधिकारी संख्या १९ नै कायम गरिने
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णयबारे जानकारी दिएका हुन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत विधान महाधिवेशनबाट पारित विषयलाई नचलाउन माग गरेको भए पनि बहुमतले १० औँ महाधिवेशनअनुसार नै कायम गर्ने निर्णय भएको छ ।

बन्दसत्र सुरु हुनुअघि आइतबार सम्पन्न बैठकले विधान संशोधन गर्ने निर्णय गरेसँगै अब केन्द्रीय कमिटीबाट पारित उक्त निर्णय महाधिवेशनको हलमा प्रस्तुत हुने छ । विधान संशोधन भएर बन्ने नयाँ पदाधिकारीको संख्या १९ कायम गरिने बताइएको छ। जसमा अध्यक्ष संख्या–१, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने छन् ।

यसअघि एमालेको पदाधिकारी संख्या १९ नै रहेकामा गत भदौमा भएको विधान महाधिवेशनले १९ बाट पदाधिकारी संख्या घटाएर १५ बनाउने निर्णय लिएको थियो ।

यस्तै, आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले देशमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको तर्क गरेका थिए । यस्तै, बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit