काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शनिबार (असोज २५) बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको (करसहित) ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पाई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । अघिल्लो आवको तुलनामा बैंकले २०८१/८२ मा लाभांश बढेको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५.५ प्रतिशत बोनस शेयर बाँडेको दिएको थियो ।
बैंकले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १३.५ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्