बुटवल । जगदम्बा मोटर्स प्रालि अन्तर्गत रहेको ईभी ब्रान्ड प्रोटन इमासले बुटवलमा आफ्नो नयाँ सोरुम विस्तार गरेको छ । मंगलबार शोरुम उद्घाटनपछि कम्पनीको तीव्र गतिमा भइरहेको देशव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको जनाएको छ ।
सो अवसरमा ब्रान्डले १५ वटा प्रोटन इमास सवारीसाधनहरू ग्राहकलाई हस्तान्तरण गरेको छ, जसमा दशैंअघि १० युनिट र हाल थप ५ युनिट वितरण गरिएको हो । यसले सो क्षेत्रमा ग्राहकहरूको बढ्दो विश्वास र उत्साहलाई स्पष्ट रूपमा देखाएको कम्पनीले उल्लेख गरेको छ ।
नयाँ थ्रीएस शोरुममा विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलका प्रोटन इमासका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउनेछन् । यस शोरुमको व्यवस्थापन बलाजी ई अटोमोबाइल्सले गर्नेछ ।
शोरुमको उद्घाटन बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद आर्यालले गरेका थिए ।
यस्तै, सोमबार आयोजित प्रि–उद्घाटन वितरण समारोहमा ग्राहकहरूको अत्यधिक उत्साह देखिएको कम्पनीले जनाएको छ । सो अवसरमा कैयौं इमास ७ का मालिकहरुले आफ्ना अनुभवहरू साझा गरेका थिए, जसले त्यहीँ अवसरमा नयाँ बुकिङहरूलाई उत्प्रेरित गरेको थियो ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले इमासका ईभी गाडीहरुको पहुँच विस्तार हुनेमा ढुक्क रहेको बताए । उनले भने, ‘हाम्रो बुटवल शोरुमको उद्घाटनले प्रोटन इमासको नेपालका हरेक परिवारलाई उन्नत, भरपर्दो र स्टाइलिश विद्युतीय सवारीसाधन पहुँचयोग्य बनाउन गरेको प्रतिबद्धतालाई झल्काउँछ । हामीलाई बुटवलका मानिसहरूले हाम्रो सफा र स्मार्ट गतिशील भविष्यको दृष्टिकोणलाई अंगिकार गरेकोमा गर्व छ ।’
यस विस्तारसँगै, प्रोटन इमासले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्दै, दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिमा आफ्नो मिशन अघि बढाइरहेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्