धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीहरुको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र भएको दाबी गर्दै देश माओवादीकै एजेण्डामा अघि बढ्ने बताएका छन् ।
आज धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताए । साथै उनले संकटको अवस्थामा माओवादी दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको भन्दै माओवादीले नै देशको नेतृत्व लिनुपर्ने धारणा राखे ।
यस्तै माओवादी नै जेनजीको मागलाई सम्बोधन गर्ने र उनीहरुको एजेण्डालाई बोकेर हिँडेको पहिलो पार्टी रहेको जिकिर गर्दै जेनजीको असली प्रतिनिधि पार्टी भएको दाबी गरे । ‘हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,’ उनले भने, ‘जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ,’ प्रचण्डको दाबी छ ।
सरकारमा बस्दा जेन्जीहरूलाई दमन गर्ने र जेन्जीमा माग र ऐण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताउँदै उनले थपे ‘सरकारमा बसेर जेन्जीहरुलाई दमन गर्ने र सडकमा जेन्जीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन् भनेर एकथरि मानिसहरुले प्रचार गर्ने गरेका छन् । हामी उनीहरु जस्तै होइनौं । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेनजीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’
यस्तै, निर्वाचन नहुने हो कि नहुने भन्ने आशंका होइन निवार्चन गराउने गरी भुमिका खेल्न आग्रह गर्दै उनले भने, ‘निर्वाचन हुँदैन कि भनेर द्धुविधामा बस्नु हुँदैन । निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ ।’
जेनजीका माग र माओवादी केन्द्रले संविधान निर्माणको समयदेखि उठाएका ऐजेण्डा एउटै भएको बताउँदै देश अहिले माओवादी केन्द्रले अगाडि सारेका एजेण्डाहरूअनुसार अघि बढेको प्रचण्डको भनाइ थियो ।

















प्रतिक्रिया दिनुहोस्