बुटवल । बतास एमएडब्ल्यु कमर्सियल भेहिकल्सले ‘मेजेस्टिक बाई भोल्भो आइचर’ का १२ मिटर च्यासिसका १२ वटा बसहरू पश्चिम नेपाल बस व्यवसायी प्रालि.का सदस्य कम्पनीहरू – मून एयरबस, देवराज ट्राभल्स र टाइम ट्राभल्सलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।
समारोहमा पञ्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल प्रमुख अतिथि रहेका थिए भने एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिका उपाध्यक्ष हेमन्त पुराणिकले उक्त गाडीको चाबी हस्तान्तरण गरे। सो अवसरमा १०० भन्दा बढी यातायात व्यवसायी र साझेदारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममै थप ११ वटा गाडीको नयाँ बुकिङ समेत भएको छ ।
मेजेस्टिक बसहरू उच्च इन्धन दक्षता, मजबुत च्यासिस, कम्पनी फिट गरिएको एसी कम्प्रेसर, र जीवनभर लुब्रिकेट हुने प्रोपेलर स्याफ्टजस्ता अत्याधुनिक सुविधासहित निर्माण गरिएका छन्। १९२ एचपी इन्जिन र ७१५ एनएम टर्कसहितको शक्तिशाली डिजाइनले नेपाली भूगोल अनुसारको सडकमा समेत उत्कृष्ट सेवा दिने विश्वास गरिएको छ।

एमएडब्ल्यु उपाध्यक्ष हेमन्त पुराणिकले मेजेस्टिकलाई नेपालमा सबैभन्दा छिटो बढ्दै गरेको हेभी कमर्शियल बसको ‘ब्रान्ड’का रूपमा चिनाउँदै, ग्राहकहरूको विश्वासप्रति आभार व्यक्त गरे। त्यस्तै, अध्यक्ष खरेलले बसको प्रविधि र मजबुत निर्माणले दीर्घकालीन लगानी सुरक्षित हुने बताए। यस हस्तान्तरणसँगै, बतास एमएडब्ल्यु कमर्सियल भेहिकल्सले नेपाली बस व्यवसायमा आफ्नो उपस्थिति झन् सशक्त बनाएको छ।

















प्रतिक्रिया दिनुहोस्