Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

बारीमै महँगिएको फूल तेब्बर मूल्यमा बिक्री, गुण्डुका किसानले गरे पाँच करोड आम्दानी

बारीमै महँगिएको फूल तेब्बर मूल्यमा बिक्री, गुण्डुका किसानले गरे पाँच करोड आम्दानी
विज्ञापन
Advertisement

भक्तपुर । तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आज लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ। भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानले एकसाता अगाडि ३०० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको सयपत्री फूल आज ७०० रुपैयाँमा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई एक हजारसम्ममा बिक्री गरेका छन् ।

एक किलो सयपत्री फूलको माला बजारमा एक हजार ५०० मा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी निवासी प्रकाश झाले बताए । उनले आज एउटा सयपत्रीको माला एक हजार ५०० रुपैयाँका दरले खरिद गरेको जानकारी दिए ।

राधेराधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमिला लामाले हिजो आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताए । उनले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूलखेतीको फूल एक साता अगाडि किलोको ३०० रुमा बिक्री गरेकोमा आइतबार ६०० रुपैयाँमा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताए ।

खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको ८०० रुपैयाँमा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको एक हजार ३०० रुपैयाँमा आज बिक्री भएको छ । भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको बताउँदै उनले मखमली फूलको प्रतिमाला १०० रुपैयाँमा बिक्री गरेको जानकारी दिए।

एक साता अगाडि किसानले घरघमा आएका व्यापारीलाई २५ देखि ३० रुपैयाँमा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै ४० देखि ४५ रुपैयाँमा बिक्री गरेकाले व्यापारीले १०० रुपैयाँ सम्ममा बिक्री गरेको बताए । दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको उनले बताए ।

गुण्डुकी पुष्प व्यवसायी गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढी रहेको बताउँदै यहाँको फूल किसानबाटै किलोको ४०० देखि ५०० सम्ममा बिक्री भएको बताउँछन् । बिचौलियाले फूल र माला बजार पु¥याउँदा उपभाक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उनको भनाइ छ ।

पुष्प व्यवसायी अनिता बस्नेतले यसवर्ष गुण्डुबाट मात्रै करिब पाँच करोडको फूल तथा माला बिक्री भएको जानकारी दिइन् । उनले सयपत्री फूल र मखमली फूलको माला गरी यसवर्ष पाँच करोडभन्दा बढीको बिक्री भएको बताउँदै एउटै परिवारले एक लाखदेखि पाँच लाखसम्मको फूल तथा माला बिक्री गरेको उल्लेख गरिन् ।

गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र करिब ३०० रोपनी जग्गामा सयपत्री फूलको खेती भइरहेको बताउँदै गुण्डुकै अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीले व्यापारी र बिचौलयाले गाउँमै आएर फूल र माला खदिमा प्रतिस्पर्धा भएपछि किसानले मूल्य बढाएको बताइन् ।

बजारमा फूल र मालासँगै लक्ष्मी पुजाको लागि आवश्यक मानिएको भोगटे र बिमिरोको मूल्य बढेको छ । भोगटे ६० रुपैयाँमा बिक्री हुँदै आएकोमा आज १५० सम्ममा बिक्री भएको र बिमिरो ३० रुपैयाँमा बिक्री हुँदै आएकोमा आज १०० देखि १५० रूपैयाँमा बिक्री भइरहेको छ। बजारमा तिहारका लागि अत्यावश्यक मानिएको फूल, माला, भोगटे, बिमिरो, भाई मसला र फलफूलको मूल्य आकासिएपछि उपभोक्ता भने मारमा परेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit