काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३२औँ वार्षिक साधारणसभा आगामी असार ३१ गतेलाई बोलाएको छ।
कम्पनीको सञ्चालक समितिको ८३औँ बैठकले असार ३१ गते बुधबार बिहान १०ः३० बजे काठमाडौंको अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्टमा सभा बोलाउने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव प्रस्तुत गरिने कम्पनीले जनाएको छ। साथै लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल हुनेछ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँमा ०.२२५६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ। उक्त प्रस्तावअनुसार शेयरधनीलाई कुल ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश प्रदान गरिने जनाइएको छ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीले चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बराबर अर्थात् ९ करोड ९० लाख रुपैयाँको बोनस शेयर जारी गर्ने प्रस्ताव अनुमोदनका लागि पेश गर्ने भएको छ। बोनस शेयर वितरणपछि कम्पनीको जारी पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँबाट बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने भएकाले सोहीअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने छ।
यस्तै, सम्बन्धित नियामक निकायबाट संशोधित प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल, थपघट वा संशोधन गर्न निर्देशन प्राप्त भएमा आवश्यक संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्