Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

तरलता नियन्त्रणका लागि ७० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

तरलता नियन्त्रणका लागि ७० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement
81. DC Notice 2083.03.10
Download

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ७९ दिनका लागि ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार बुधबार बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत सहभागी हुन सक्नेछन्।

यसअघि असार ३ गते राष्ट्र बैंकले २८ दिनका लागि ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो। कर्जाको माग कमजोर हुँदा बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी थुप्रिएपछि राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ।

उक्त निक्षेपको साँवा र ब्याज भदौ २६ गते भुक्तानी हुनेछ भने ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ। सहभागी हुन राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरू मात्रै योग्य हुनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit