Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

पम्पमा देखिएको भीड अस्थायी, इन्धन आपूर्ति सहज भएको निगमको दाबी

पम्पमा देखिएको भीड अस्थायी, इन्धन आपूर्ति सहज भएको निगमको दाबी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको जनाएको छ। निगमका अनुसार हाल इन्धनको आपूर्ति सहज रहेकाले उपभोक्ताले अभावको अवस्था भोग्नुपर्ने स्थिति नरहेको जनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं उपत्यकालगायत प्रमुख सहरका पेट्रोल पम्पमा देखिएको भीडबारे स्पष्ट पार्दै निगमका प्रवक्ता मनोज ठाकुरले केही पम्पमा मौज्दात कम भएका कारण अस्थायी रूपमा लाइन देखिएको बताएका हुन् ।

उनका अनुसार थानकोट डिपोबाट मागअनुसार पेट्रोलियम पदार्थ लोड भएर सम्बन्धित पम्पमा पठाइसकिएको छ। केही पम्पमा इन्धन पुगिसकेको र बाँकीमा पुग्ने क्रममा रहेकाले अहिले बिक्री वितरण सामान्य अवस्थामा फर्किएको उनले बताएका हुन्।

इन्धन भर्न उपभोक्ताको चाप एक्कासि बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पेट्रोल पम्पको अनुगमनसमेत गरेको थियो। निगमका अनुसार बुधबार मात्रै काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूले थानकोट डिपोबाट १३ लाख लिटर पेट्रोल र १३ लाख लिटर डिजेल गरी २६ लाख लिटर इन्धन उठाएका छन्। हाल उपत्यकामा १३० भन्दा बढी पेट्रोल पम्प सञ्चालनमा रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit