Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

माछापुच्छ्रे आधार शिविर माथि हिमपात, पदयात्रामा जाने पर्यटकलाई सजगता अपनाउन आग्रह

माछापुच्छ्रे आधार शिविर माथि हिमपात, पदयात्रामा जाने पर्यटकलाई सजगता अपनाउन आग्रह
विज्ञापन
Advertisement

गण्डकी । कास्कीको अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गत माछापुच्छ्रे आधार शिविर माथि अन्नपूर्ण आधार शिविर क्षेत्रमा हिमपात भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सोमबार बेलुकादेखि हिमपात भएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङले जानकारी दिए । तिहारलगत्तै यस क्षेत्रमा पदयात्रा लागि आउने पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा बढेको जानकारी दिँदै उनले विदेशीभन्दा स्वदेशी पर्यटकको आकर्षण बढिरहेको बताए ।

हिउँ सामान्य परेका कारण पदयात्रामा आएका पर्यटकलाई कुनै अहसजता भने नभएको उनको भनाइ छ । तिहारलगत्तै अन्नपूर्ण क्षेत्रमा पदयात्राको क्रम बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रविन कडरियाले जानकारी दिए ।

कास्कीतर्फको अन्नपूर्ण आधार शिविरमा सोमबार पुगेका पर्यटक तल झरिसकेको उनको भनाइ छ । ‘कास्कीको अन्नपूर्ण आधार शिविरदेखि माछापुच्छ«े आधार शिविरसम्म हिउँ परेको छ’, उनले भने, ‘त्यहाँभन्दा तल्लो क्षेत्रमा पानी परेको छ, पदयात्रामा जाने पर्यटकलाई सजगता अपनाउन आग्रह गरेका छौँ ।’

तिहारयता अन्नपूर्ण आधार शिविरमा आउने पर्यटकमध्ये ८० प्रतिशत आन्तरिक र २० प्रतिशत विदेशी रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit