Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बीस हजारबाट व्यवसाय सुरु गरेका चौधरी करोडका मालिक

बीस हजारबाट व्यवसाय सुरु गरेका चौधरी करोडका मालिक
विज्ञापन
Advertisement

तनहुँ । बीस हजार लगानीबाट सुरु गरेको व्यवसाय हाल करोडको जायजेथामा परिणत भएको छ । नवलपरासीका विष्णुकुमार चौधरीले १६ वर्ष दमौलीमा ढाकाको व्यवसाय गरेर करोडको सम्पत्ति जोड्नु भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

व्यास नगरपालिका–२ मा २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उहाँ सफल उद्यमी बनेका छन् । ढाका उद्योगमा उनले २५ जनालाई रोजगारी दिनुभएको छ । हाल उनले उद्योगमा रु एक करोड बढीको लगानी छ ।

ढाकाबाट उत्पादन गर्न सकिने विभिन्न परिधानबारे प्रशिक्षणका सिलसिलामा दमौली आउनुभएका उहाँले रु २० हजार लगानी गरी व्यवसाय थालेको राससलाई बताए ।

उनले भने , ‘पछिल्लो समय अपेक्षा गरिएअनुरुप व्यापार नभए पनि ढाकाको साडी र कोटतर्फ युवायुवतीको आकर्षण बढ्दै गएको छ’, ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य परिधान बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको गएको उहाँको भनाइ छ ।

ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरा सुरुवाल, पाल्पाली ढाकाटोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको उनले भने । यहाँ उत्पादित ढाकाका सामग्री जिल्लामा मात्र सीमित छैनन् लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँलगायत स्थानबाट माग हुने गरेको छ ।

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयहरूले ढाकाको कपडा किन्ने गरेका छन् । उनले भने यो, दौरा सुरुवाल, जनजातिको कपडादेखि धातुजन्य गहना, सटिङ सुटिङ, विवाह, व्रतबन्ध, पास्नी, विद्यालय, कलेजका पोसाकका साथै झोला उद्योग सञ्चालन गर्दै आएको छु ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit