Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दाउने सडकमा जामको समस्या अझै टरेन, यात्रुहरू सास्ती भोग्दै

दाउने सडकमा जामको समस्या अझै टरेन, यात्रुहरू सास्ती भोग्दै
विज्ञापन
Advertisement

काठमाडौं । दाउने खण्डको सडकमा जामको समस्या लामो समयदेखि निरन्तर रहँदै आएको छ । दैनिक सयौं सवारी साधन आवागमन हुने यो मुख्य राजमार्गमा ट्राफिक व्यवस्थापन कमजोर र सडक मर्मतको ढिलाइका कारण यात्रुहरूले ठूलो सास्ती भोग्दै आएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

‎धनगढीबाट काठमाडौंतर्फ यात्रा गरिरहेका कमल बोहराका अनुसार यहाँबाट गाडी समयमा छुटे पनि दाउने पुग्नेबित्तिकै घण्टौंसम्म जाममा बस्नुपर्छ । कहिलेकाहीँ ४ देखि ५ घण्टासम्म सवारी अड्किन्छन् । उनका अनुसार यात्रुहरूलाई समयमा गन्तव्य पुग्न कठिन भइरहेको छ ।
‎सरकारले यो सडक खण्डमा ध्यान नदिँदा समस्या झन् गम्भीर बन्दै गएको उनको गुनासो छ ।

बोहराले भने, ‘सायद नेताहरूले पनि यो बाटो हिँड्ने गरेका भए सडक छिट्टै बनिसक्थ्यो होला, तर उनीहरू नहिँड्ने भएकै कारण निर्माण कार्य ढिलो र सुस्त भएको हो ।’

‎दाउने सडक अहिले पनि असमान, धुलाम्मे र संकुचित रहेको कारण सवारी जाम बढ्ने गरेको स्थानीयहरूको भनाइ छ । विशेषगरी मालबाहक ट्रकहरूको अत्यधिक चापले पनि आवागमन अवरुद्ध हुने गरेको छ ।

‎स्थानीयले पटक पटक सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यात्रु र स्थानीय दुवैले सम्बन्धित निकायले तत्काल सडक मर्मत र ट्राफिक व्यवस्थापन सुधारका लागि कदम चाल्न माग गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit