Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

जेनजी प्रदर्शनमा घुसपैठ भएर न्यायालयमाथि प्रहार भयोः महासचिव पोखरेल

जेनजी प्रदर्शनमा घुसपैठ भएर न्यायालयमाथि प्रहार भयोः महासचिव पोखरेल
विज्ञापन
Advertisement

देउखुरी (दाङ) । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएर न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले न्यायालयमाथिको आक्रमण सामान्य नभएकाले निष्पक्ष छानबिन गरी आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरेका छन् ।

‘जेनजी प्रदर्शनका क्रममा उठाइएका माग जायज छन् । युवाको मागलाई सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी छ । सुशासन र भ्रष्टाचारविरुद्धको माग राख्दै गरिएको प्रदर्शनमा स्वार्थी तत्वले घुसपैठ गरेर इतिहास मेटाउने प्रयास गरियो’, महासचिव पोखरेलले भने, ‘युवाको आकाङ्क्षा बुझेर मुलुकमा सुशासन कायम गरी कानुनी राज्य स्थापनामा सबैको सहकार्य र समन्वय आवश्यक छ ।’

जेनजी प्रदर्शन दबाउन प्रहरी र न्यायालयको कुनै भूमिका नभएको उनले धारणा राखे । न्याय प्रणालीलाई कमजोर बनाएर देशलाई कमजोर बनाउन खोजिएको उनको भनाइ छ ।

प्रदर्शनका नाममा प्रहरीका हतियार लुटिनुका साथै कैदीबन्दी बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले आमनागरिकमा भय र त्रास फैलाएको बताए । उनले भने, ‘स्थानीय तह, मातपोत, अदालत, यातायात, राजस्व कार्यालयलगायत सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको छ । गत भदौ २३ र २४ गतेको घटनाको छानबिन तटस्थ र निष्पक्ष ढङ्गले गर्नुपर्दछ ।’ रासस

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit