Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी

बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
विज्ञापन
Advertisement

ढोरपाटन । बागलुङ बजारको खानेपानी समस्या समाधान लागि लिफ्टिङ आयोजना सुरु गरेको आठ वर्ष बित्यो । अघिल्लो वर्ष नै आयोजनाको ९६ प्रतिशत काम सकिए पनि अहिलेसम्म निर्माण कम्पनीले नगर खानेपानी संस्थालाई हस्तान्तरण गर्न सकेको छैन ।

विज्ञापन
Advertisement
Advertisement

अहिले बागलुङ बजारका धारामा धमिलो पानी आउँदा स्थानीयले शुद्धीकरण नगरी पिउन सक्दैनन् । खानेपानी तथा ढल निकास विभागमार्फत काठेखोलाबाट लिफ्ट गरी बजारमा पानी ल्याउनका लागि २०७५ सालमा ठेक्का लगाएको थियो ।

विसं २०७७ मा सक्ने गरी ‘कन्काई, जयमाता जेभीले रु ३० करोड २६ लाखमा जिम्मा लिएको थियो । तोकेको समयमा काम नसकेपछि लागत बढेर रु ३४ करोड ६५ लाख लागत मूल्य पु¥याइसकेको छ । तर निर्माण कम्पनीले अझै योजना हस्तान्तरण गर्न सकेको छैन ।

खानेपानी संस्थालाई आयोजना हस्तान्तरण नगर्दा हरेक वर्ष रु ८० लाख नोक्सानी व्यहोर्नुपरेको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष हरिबहादुर जिसीले बताए।

अहिले बागलुङ बजारमा संस्थाले दैनिक ब्लिचिङ पाउडर राखेर मात्र पानी वितरण गर्दै आएको उनको भनाइ छ ।

अध्यक्ष जिसीले भने ,‘बागलुङ बजारवासीले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छन्, पहिलेको तुलनामा अहिले नियमित पानी वितरण गर्न त सकेका छौँ तर शुद्ध पानी अझै पनि वितरण गर्न सकेका छैनौँ, लिफ्टिङ आयोजना हस्तान्तरण नहुँदा धमिलो पानी उपभोक्ताका धारामा पठाउन बाध्य छौँ ।’

यो आयोजनाका लागि अहिलेसम्म काठेखोलामा पाँच वटा पानी थिग्राउने ट्याङ्की बनाइएको छ भने पाँच लाख लिटरको एउटा र दुई लाख लिटरका दुई आरबीटी ट्याङ्की बनाइएको अध्यक्ष जिसीले जानकारी दिए दुई वटा स्लोसेन्ट ट्याङ्की बनाइएको छ ।

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा यो आयोजना निर्माणाधीन छ । तीस प्रतिशत लगानीको २५ प्रतिशत नगर विकास कोषको ऋण सहयोगसमेत जुटाइएको छ ।

यो आयोजना निर्माण नसकिए पनि उपभोक्ता समितिले वर्षमा रु ८० लाख सावा ब्याज भुक्तानी गर्दै आएको छ । यो आयोजनाबाट बागलुङ बजारमा चार हजार १०० धारा जडान भएका छन् ।

स्थानीय पिताम्बर आचार्यले बागलुङ बजारवासीले धमिलो पानी उपभोग गर्न थालेको दशकौँ भएको बताउनुभयो । कहिले खानेपानी संस्थाका कारण त कहिले निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा बजारवासीले शुद्ध पानी पिउन नपाएको उहाँले गुनासो गर्नुभयो । धारामा आउने पानी पिउन र सरसफाइ गर्नसमेत योग्न नभएको उनको भनाई छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit