काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चार थान टेलिभिजन प्रदान गरेको छ । इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङलाई उक्त टेलिभिजन सेट हस्तान्तरण गरेको हो ।
जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको मन्त्रालयका सबै सामग्री आगजनीबाट डढेका थिए । इप्पानले सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौंसँग भएको सम्झौता अनुसार मन्त्रालयलाई सहयोग गरेको जनाएको छ ।

इप्पानले उक्त टेलिभिजन उपकरणहरु जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणमा प्रयोग गरी सरकारसँगको समन्वयमा सेवा प्रवाह बढाउने लक्ष्य राखेर सहयोग गरेको उल्लेख गरेको छ ।
टेलिभिजन हस्तान्तरण कार्यक्रममा इप्पानका उपाध्यक्ष भरत खत्री, महासचिव बलराम खतिवडा लगायतका पदाधिकारी सहभागी थिए ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्