Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेपालमै पहिलोपटक इन्डस्ट्रियल ग्रेड इन्जिन आयल उत्पादन सुरु

नेपालमै पहिलोपटक इन्डस्ट्रियल ग्रेड इन्जिन आयल उत्पादन सुरु
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपालको सबैभन्दा ठूलो लुब्रिकेन्ट उत्पादक कम्पनी, पूर्वाञ्चल ल्युब आयल (PLO)ले देशमै पहिलोपटक इन्डस्ट्रियल ग्रेड इन्जिन आयल उत्पादन सुरु गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका प्रबन्ध निर्देशक भोलेश्वर दुलालका अनुसार, हालसम्म उद्योगहरुले यस्तो आयल भारत र तेस्रो मुलुकबाट आयात गर्दै आएका थिए। अब नेपालमै उत्पादन सुरु भएपछि उद्योगहरुले आवश्यक इन्जिन आयल सहज र किफायती मूल्यमा पाउने छन्।

दुलालले भने, ‘हाम्रो उत्पादन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ। नेपालमा यस्तो गुणस्तरीय इन्डस्ट्रियल ग्रेड इन्जिन आयल उत्पादन पहिलोपटक सुरु भएको हो।’

यसअघि पनि पीएलओले देशमै पहिलोपटक ट्रान्सफर्मर आयल उत्पादन गरेर नयाँ आयाम सुरु गरेको थियो। करिब साढे दुई दशकदेखि लुब्रिकेटिङ आयल उत्पादनमा सक्रिय रहँदै आएको कम्पनीले नेपालको लुब्रिकेन्ट उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit