Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

बाढीमा हराएका आफन्तको अस्तित्व खोज्दै हुनुहुन्छ ? प्रहरीलाई यसरी दिनुस् डीएनए नमुना

बाढीमा हराएका आफन्तको अस्तित्व खोज्दै हुनुहुन्छ ? प्रहरीलाई यसरी दिनुस् डीएनए नमुना
विज्ञापन
Advertisement

काठमाडौं। रसुवा बाढी तथा पहिरोमा परी बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारलाई नेपाल प्रहरीले डीएनए परीक्षणका लागि नमुना उपलब्ध गराउन आग्रह गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

फेला परेका शव तथा शरीरका अंग आफन्तकै हुन् कि होइनन् भन्ने पहिचान गर्न डीएनए परीक्षण गर्नुपर्ने अवस्थामा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको हो।

प्रहरीका अनुसार बेपत्ता व्यक्तिसँग रगतको नाता पर्ने आफन्तको रगतको नमुना संकलन गरी डीएनए परीक्षण गर्न सकिनेछ। यसका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर रगतको नमुना दिन भनिएको छ। रगत संकलन गरिने व्यक्तिले दुई प्रति पासपोर्ट साइजको फोटो समेत उपलब्ध गराउनुपर्नेछ।  बेपत्ता व्यक्तिका आफन्त विदेशमा रहेको अवस्थामा पनि डीएनए प्रोफाइलिङ गर्न सकिने प्रहरीले जनाएको छ। त्यसका लागि बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको विदेशमै डीएनए प्रोफाइलिङ गराई त्यसको सफ्टकपी [email protected] मार्फत नेपाल प्रहरीलाई पठाउन सकिनेछ।

विदेशमा गरिएको डीएनए प्रोफाइलिङको सफ्टकपी मलबअयमष्क२लभउबउियष्अिभ।नयख।लउ मा पठाउन प्रहरीले अनुरोध गरेको छ। रसुवा बाढीपछि सोमबार बिहानसम्म ९०० भन्दा बढीको शव फेला परिसकेको छ। भेटिएका शवको उचित व्यवस्थापनमा कठिनाइ भएसँगै सरकारले चिन्न मुस्किल हुनेको हकमा हाल माटोमुनि व्यवस्थापन थालेकोले पीडित परिवारलाई डिएनए परिक्षण गराउन भनेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit