Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

‘स्मार्ट’ सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सम्पन्न

‘स्मार्ट’ सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । ‘स्मार्ट’ सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल पिएचडी एसोसिएसनको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मेलनमा सहरी विकासको योजना बनाउँदा आवश्यक पर्ने नीति, नियम र पूर्वाधारको विषयमा छलफल भएको थियो ।

सहरी विकासको योजना बनाउँदा तीनै तहका सरकारबीच हुनुपर्ने, सहरी विकासका क्रममा जलवायु परिवर्तनका कारण निम्तिन सक्ने खतरालाई न्यूनीकरणका लागि आवश्यक पर्ने हरियाली, पानी, पोखरी, पार्क निर्माणको विषयमा छलफल भएको एसोसिएसनका अध्यक्ष डा सुनिलबाबु श्रेष्ठले जानकारी दिए ।

यस्तै, दिगो विकासका लागि घर, बाटोलगायत भौतिक संरचना निर्माणका क्रममा मानवअधिकारको रक्षा, सहरी विकास योजना बनाउँदा उमेरअनुसारका मानिसलाई आवश्यक पर्ने खेलमैदान, अस्पताललगायत संरचनाबारे पनि चर्चा भएको उनल बताए ।

व्यवस्थित सहर निर्माणमा दिगो खाद्य प्रणालीलाई समेट्नका लागि घरका छतमा खेती गर्नसके यसबाट हाल सहरमा बस्ने २७ प्रतिशत मानिस लाभान्वित हुने विषयमा छलफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit