Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंकको लाभांश घोषणा
विज्ञापन
Advertisement

काठमाडाैं । कृषि विकास बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit