Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

सुनको मूल्यमा २१ सय रुपैयाँ गिरावट, चाँदीको भाउ बढ्यो

सुनको मूल्यमा २१ सय रुपैयाँ गिरावट, चाँदीको भाउ बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा केही गिरावट देखिएको छ । आज सुन प्रतितोला २१ सय रुपैयाँले घटेको छ । आजका लागि सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन मंगलबार एकैदिन ४९ सय रुपैयाँले बढेको सुन तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै सोमबार सोही परिमाणको सुन २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ । सोही परिमाणको चाँदी हिजो ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit