Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले उद्धार कोषमा १ करोड ३८ लाख रुपैयाँ जम्मा गरे

राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले उद्धार कोषमा १ करोड ३८ लाख रुपैयाँ जम्मा गरे
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगका लागि १ करोड ३८ लाख ८८ हजार ४ सय २५ रुपैयाँ सहयोग गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारी (करार कर्मचारीसमेत) का तर्फबाट उक्त रकम संकलन गरी कोषमा जम्मा गरिएको हो ।

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो । बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीले सामूहिक रूपमा आर्थिक सहयोग गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यालयले २०८३ भदौ २२ गते जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit