Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

आर्थिक संकटको कारण देखाउँदै हायात होटल सञ्चालकले हटाए सबै कर्मचारी

आर्थिक संकटको कारण देखाउँदै हायात होटल सञ्चालकले हटाए सबै कर्मचारी
विज्ञापन
Advertisement

काठमाडौं । हायात रिजेन्सी काठमाडौंले आर्थिक संकटको कारण देखाउँदै होटलका सबै कर्मचारी हटाएको छ । होटल व्यवस्थापनले बुधबार सूचना जारी गर्दै श्रम ऐन २०७४ को दफा १४५ अनुसार श्रमिक कटौती गरेको जानकारी गराएको हो ।

विज्ञापन
Advertisement
Advertisement

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनी तथा तोडफोडले होटललाई ठूलो आर्थिक क्षति भएको र तत्काल सञ्चालनमा आउने अवस्था नभएकोले कर्मचारीलाई हटाएको होटलको भनाइ छ ।

होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशाधन विभागलाई पत्र लेख्दै श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिक कटौती गर्नुपरेको उल्लेख गरेका छन् ।

उनले ३० दिन अर्थात् मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरिएको बताएका छन् । होटलका प्रशासनका अनुसार, विदेशी पर्यटकको आगमन घट्दा आयमा कमी आएको र अन्तर्राष्ट्रिय बजारमा होटल व्यवसाय पुनः उकासिन नसक्दा कर्मचारीलाई कटौती गर्न गरेको उल्लेख छ ।

होटलका महा–प्रबन्धक आशिष कुमारद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘हालको अवस्था र आर्थिक क्षतिका कारण होटल सञ्चालन निरन्तर गर्न असम्भव भएकाले २०७४ को श्रम ऐन बमोजिम २३१ जना श्रमिक कटौती गर्नुपरेको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit